
इलाम । यो २०५८ सालतिरको कुरा हो । देशको हालत अस्त व्यस्त थियो । देशमा राज्य पक्ष र प्रतिपक्ष बीचमा द्वन्द चालिरहेको थियो । प्रत्येक दिन मान्छे मरेको खबरहरु टेलिभिजन तथा पत्रपत्रिकाहरुमा आइरहेको थियो । देशमा भएको बेथिति बारेमा ठूलो आन्दोलनहरु भइरहेको थियो । जनता अन्योलमा थिए । बस सबै यो रोकिदिए हुन्थ्यो भन्नेमा थिए ।
म अनामिका बि.क जातले दलित तर सच्चा नेपाली । म केबल दुई जातलाई मान्दथे एउटा पुरुष र अर्को नारी तर सबैमा भने त्यो सोच थिएन । हामी इलाममा बसेका थियौं । हामी अर्थात म, मेरो बाबा, आमा र मेरो बहिनी अनु । मेरो दाजुभाई छैनन । हामी गरिब नै थियौं । बाबाले गरेको कामले खान मात्र पुग्थ्यो तर रहर लागेको कुरा लाउन र खान भने कहिल्यै पुग्दैन थियो । समाज खासै अहिले जस्तो विकसित पनि थिएन । छुवाछुतको जरा उखेलिसकेको थिएन । खान मात्र ठिक्क भएकोले बाबाले विदेश जाने निर्णय गर्नुभयो ।
आमाले पनि रोक्न सक्नु भएन रोक्न पनि कसरी त्यो भन्दा अरु कुनै विकल्प पनि थिएन् । म कक्षा १० मा पढ्दै थिए र बुनु कक्षा ६ मा । मेरो पनि खासै बुद्धि पलाई सकेको थिएन तर घरको काम गर्न भने आमालाई जहिले सघाउँथे । म पढन जान्ने थिए र सधै कक्षा प्रथम हुने गर्थे । बहिनीको पढाई ठीक-ठाक नै थियो बाबाले सारै माया गर्नु हुन्थ्यो । मेरा हजुरबुबा र हजुरआमा बितेकोले कोहि बुढाबुढी देख्यो कि सारै माया लागेर आउँथ्यो । घर बनाउने र हामीलाई ठुलो मान्छे बनाउने सपना बोकेर बाबा बिदेश त जानु भयो यता भने जीवन ज्युन धेरै गाह्रो भएको थियो । आमाको फाटेको चोलोमा गिद्धे नजर लाउनेहरुको कमि थिएन ।त्यस दिन मैले बुझे छोरो मान्छे घरमा नहुँदा समाजले कुन दृष्टिकोणले हेर्छ भनेर । मेरो सौदा गर्न आउनेहरुको पनि कुनै कमि थिएन । आमाले भनुन् त कसलाई भनुन् सुन्दिने पनि त कोहि थिएन । आमा कति रात रोएको यो आँखाले हेरिरहे सायद केहि बुझ्ने भएर होला केहि बोल्न सकिन, बस चुपचाप हेरिरहे ।
आमाले हिम्मत भने हार्नु भएन । बाबाले पनि केहि पैसा पठाउन थाल्नुभयो । जीवन केहि सहज हुँदैथियो । त्यती धेरै पनि होइन तर पहिला भन्दा केही कम चाहिँ भएको थियो । कक्षा १० को परीक्षा के हुने हो अन्योल थियो । म खुब मेहनत गरेर पढे । एसएलसी पनि भयो र म गाउँकै प्रथम पनि भए । मेरो खुट्टा भुईमा थिएन । बहिनी पनि पास भइन । घरका सबै खुशि थिए तर गाउँका केहि भने दु:खी थिए दलित कसरी प्रथम भयो भन्दै थिए रे ? म आफ्नो काम मा विश्वास गर्ने मान्छे खासै अरुको कुरामा ध्यान दिदैंनथे । त्यो बेला मोबाइल नभएकोले छिमेकको घरमा ल्याण्डलाइन फोन थियो ।
बाबाले फोन गर्नु भाको रहेछ मलाई बधाई दिनलाई । म खुशीले पागल सरह भएको थिए जसको म ब्याननै गर्न सक्दिन । म कलेज जानेवाला थिए । बाबा गाएको पनि एक बर्ष हुन लागेको थियो । बाबाको काम राम्रो भएकोले आमालाई पनि उतै आउनु भन्नु भएको रहेछ छोरीहरु कसले हेर्दिने बिजोक हुन्छ सोचेर आमा तर मान्नु भाको थिएन । त्यो दिन मामा पनि आउनु भएको थियो । बिराटनगरदेखि आमालाई विदेश पठाउने कुरा गर्न । मेरो एउटै मामा हुनुहुन्छ । मलाई सारै माया पनि गर्नुहुन्छ । आमा पनि विदेश जाने कुरा भान्सामा खाना खाँदै गर्दा सुनेको । म सुत्न लागेको थिए मामा मेरो छेउमा आउनु भयो र भन्जी के गर्छौ तिम्री आमालाई पनि विदेश पढाइदिनु पर्यो भनेको । दिदी मान्दिनन् ! अब आफैं भन भिनाजु एउटाको कमाइले के गर्ने । तिमी पनि ठूली भयौ बरु म उतै राखेर पढाउँछु के छ विचार ? मैले तिमीहरूकै भविष्यको लागि भनेको हो ! सोच है भान्जी भनेर जानु भो ! म त्यो रात मामाको कुराले निदाउनै सकिन ।
बाँकी अर्को भागमा…..
*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।
यो पनि पढ्नुहोस्
कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)
कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)