
काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई हिजो आइतबार बेलुका हृदयघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो ।
उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । चिकित्सकका अनुसार शाहलाई अहिले चौथो पटक हृदयघात भएको हो ।
ती चिकित्सकका अनुसार उनी अबको तीन दिन अझै अस्पतालमै डाक्टरको निगरानी बस्नुपर्ने भएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।