२ फाल्गुन २०८१, शुक्रबार

कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा


कथा शीर्षक : अनामिका (भाग-४) – एक अन्तरजातीय प्रेम कथा

इलाम । विराटनगर “बुझ्दा सुन्दर फूल जस्तो छ जीवन न बुझ्दा तिखो काँडा जस्तो घोचिरहने” । त्यो अनजान केटा दिमागबाट हट्न सकिराखेको थिएन । मानौ म त्यो केटाप्रति नचाहँदा नचाहँदै जोडिरहेको छु कुनै सम्बन्ध बेगर । हामी घर पुग्छौ बहिनी टेलिभिजन हेरिरहेकी थिई । माईजु उसलाई खाजा दिनुहुन्छ र धेरै टेलिभिजन नहेर्नु अब एकछिन आराम गर्नु नत्र आँखा बिग्रिन्छ भन्नुहुन्छ । म पनि माइजुको कुरामा सहमति जनाउँछु । बहिनी केहि रिसाएजस्तो गर्छे केटाकेटी न हो । म उसलाई फकाउँछु र तिम्रै लागि भनेको भन्छु र बाहिर गएर खेल भन्छु । उ बाहिर जान्छे म एकछिन शान्त चाहन्थे र माइजुलाई कोठा गए भन्छु चिया पकाउ ? सोध्नुहुन्छ म हस भन्छु र कोठातिर लाग्छु । कोठाभित्र बा आमाको तस्बिर देख्छु मन केहि शान्त भएर आउँछ । आमा बाबाको तस्बिर अँगाल्छु र एकछिन दुबैलाई सम्झिन थाल्छु घरको दु:ख र आफ्नो जिम्मेवारी सम्झिन थाल्छु अब त्यो केटा दिमागबाट केहि हट्न थाल्छ उसको मनमा छापेको तस्विर केहि धमिलिन थाल्छ म केहि हल्का भएको महसुस गर्न थाल्छु र माइजु भएतिर जान्छु । भोलिदेखि त एक्लै जानुपर्छ है भान्जी म पनि सानो भान्जीलाई भर्ना गरेर आउँछु भन्नुहुन्छ म माइजुमा आमा जस्तो माया पाउछु र माइजुलाई अँगालो हाल्छु । के भो भान्जी भन्नुहुन्छ म केहि होइन् भन्छु । माइजु र म चिया पिउदै मिठा-मिठा कुरा गर्न थाल्छौ । माइजु आफ्नो जीबनको भोगाई साथै मामाले दिएको साथ अनि आफुले गरेको सङ्घर्षको कुरा गर्नुहुन्छ म चुपचाप सुनिरहन्छु ।

साच्चै जीवनमा एउटा सहि मान्छे भयो भने नर्कजस्तो जीवन पनि स्वर्ग बन्दोरहेछ भन्ने कुरा माइजुबाट थाहा पाउँछु । म जीवनमा धेरै कुराहरु सिक्नेवाला थिए त्यो मैले महसुस गरिरहेको थिए र केहि खुसी पनि हुँदैथिए । आमाको कमि केहि कम हुन लागेको थियो । रात कट्छ र बिहान हुन्छ बिहानको कलेज भएकोले म बिहानै उठछु । माइजुले मेरो लुगा सिलाई सक्नु भएको थियो । म लुगा लगाएर कलेजतिर लाग्छु माइजु मलाई खाजा खाने पैसा दिंदै हुनुहुन्थ्यो म पर्दैन भन्छु कलेजको तिर्ने पैसा थियो मसँग जुन माइजुले आफ्नो पैसा हालिदिनु भएको थियो । म कलेजमा नयाँ भएकोले कहाँजाने कहाँ बस्ने केहि थाँहा थिएन गाउँको कलेज हुँदा त साथी पनि हुन्थे म नयाँ र कलेज मेरो लागि नौलो थियो । न कोहि चिनजान न कोहि साथी । पढ्नेहरुको आवातजावत भइरहेको थियो कसलाई सोध्ने केहि बुझिरहेको थिइन । गार्ड दाईलाई सोध्छु । दाई यता कमर्स पहिलो वर्षको कक्षा कता छ ? बहिनी नयाँ हो ? भन्नुहुन्छ म हजुर भन्छु । उहाँले देखाइदिनुहुन्छ र म उहाँले भने अनुसार कक्षातिर लाग्छु । ठुलो चौरमा बदाम खाएर बस्नेहरु टन्नै थिए । कमर्स संकाय पुगे तर कुन कक्षा छुट्टयाउन सकिन त्यहाँ मेरो पहिलो भेट सीमासँग भयो उ पनि नयाँ थिई तर त्यहाँको स्थानीयवासी म उसलाई सोध्छु । सुन्नु न ? यता मेरो कक्षा कता पर्छ भनिदिनु न ? उ पनि नयाँ भर्ना हो भन्छे । उ तपाई कहाँबाट आउनुभएको भनेर सोध्छे म इलाम भन्छु । उ फेरि नाम सोध्छे म अनामिका भन्छु । अनि म हजुरको नाम भन्छु ? उ सीमा खरेल भन्छे । घर चाहि ? फेरि सोध्छु उ मेरो विराटनगर नै हो भन्छे लगभग हामी धेरै नभएपनि केहि केहि चिन्न थालेका थियौ । गोरो मुहार मिलेको शरोर हेर्दै परी जस्तो लुगा पनि कति सुहाएको उसलाई । म उसलाई एकछिन हेरिरहन्छु र आफुलाई हेर्छु हिराको छेउमा किरा जस्तो । उ दाई आउनुभयो भन्छे कलेजको नेता हुनु हुँदोरहेछ । उहाँले क्लास देखाईदिनुहुन्छ । आज स्टाफ मिटिङ्ग भएकोले क्लास नहुने भन्नु हुन्छ । म चियाको पारखी मान्छे उठने बित्तिकै हिडेकोले चिया समेत पिउन पाएको थिइन । त्यो दाई चिया खान हिड्न त भन्नुहुन्छ सिमा जुमनत भन्छे र मलाई पनि जाउँ चिया खान भन्छे । म पनि चिया पिउन मन लागिरहेको थियो उसँगै गए । क्यान्टिन अलिक पर रहेछ । दाई चिया अडर गर्नुहुन्छ हामी ४ जना थियौं । क्यान्टिन पनि केहि भिडनै थियो सायद क्लास नलागेर होला म सोच्छु । मेरो सबैसँग परिचय हुन्छ । एउटाले मेरो जात सोध्छ म केहि अन्योलमा पर्छु कतै उठेर जाने पो हो कि भनेर सोच्छु । भन्नैपर्ने भएकोले अनामिका बिक भन्छु केहि चुपचाप भएको देख्छु । कस्तो अच्चम कोही निर्धक्कसँग आफ्नो जात भन्न सक्ने हामी भने आफ्नो जात भन्न पनि केहि संकुचित हुनुपर्ने । गाउँघर जस्तो खासै यहाँ त्यस्तो नहोला भन्ने सोचेको थिए तर जात भनेपछि केहि खिन्न भएको अनुहारले मलाई त्यो सोच्न बाध्य बनाउँछ । अरु बोल्दै थिए म नबोली चिया पिउन थाल्छु । केहि अलिक पर रहेको क्यान्टिनको अर्को टेबलमा मेरो आँखा पुग्छ । त्यहि हिजोको केटा फेरि देख्छु । उ मलाई नै हेरी रहेको रहेछ । उ र उसका केहि साथीहरु गफ गर्दैथिए । म मनमनै के हेरेको होला लाटाले पापा हेरे जस्तो भन्छु । यो पाली भने उ मलाई एकहोरो हेरिरहेको थियो ।

मलाइ केहि असहज हुन्छ र क्लास जान्छु भन्छु । उनीहरु हुन्छ भन्छन् र म क्लास कोठातिर लाग्छु । त्यो केटाले मलाई पछ्याएजस्तो लाग्छ र म पछि फर्केर हेर्छु कोहि देख्दिन् । यो मेरो भ्रम हो या सत्यता छक्क पर्छु । त्यो केटाले मेरो दिमागमा समेत असर पुर्याएको मलाई भान हुन्छ त्यसपछि म केहि नसोची अगाडि बढ्छु ।

बाँकी अर्को भागमा….

*कथाकार बसन्त खड्का नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्

कथा शीर्षक : अनामिका (भाग-३) – एक अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-२) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : अनामिका (भाग-१) – एक अन्तरजातीय प्रेम कथा

कथा शिर्षक : झुण्डिएको लाश (भाग-४)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-३)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-२)

कथा शिर्षक : झुण्डिएको लाश (भाग-१)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !