१० चैत्र २०८१, आइतबार

पोखराबाट काठमाडौँ उडे पूर्वराजा ज्ञानेन्द्र शाह


ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो पोखराबाट काठमाडौँ फर्किएका छन् । लगभग एक महिना पोखरा बसेर पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन् ।

पूर्वराजा शाह समिट एयरको चार्टर जहाजमार्फत पोखराबाट काठमाडौँ उडेका हुन् । उनलाई पोखरा विमानस्थलमा उनका समर्थकहरुले भव्य बिदाई गरेका थिए ।

पोखरा विमानस्थलमा पूर्वराजा शाहलाई दुवोको माला लगाइदिएर पञ्चेबाजा बजाएर उनका समर्थकहरुले बिदाई गरेका थिए । पूर्वराजा शाहलाई बिदाई गर्न संस्कृतिविद् डा. जगमान गुरुङ पनि विमानस्थल पुगेका थिए ।

पूर्वराजा शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा त्रिभुवन विमानस्थलमा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । पूर्वराजा शाह काठमाडौं ओर्लिनासाथ शक्ति प्रदर्शन गरेर विमानस्थल, गौशाला, चाबहिल, महाराजगन्जचोक हुँदै निर्मल निवास पुर्याउने तयारी राजावादी समूहले गरेका छन् ।

राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह, राजावादीका विभिन्न समूहलगायतले छुट्टाछुट्टै शक्ति प्रदर्शन गरेका हुन् । संवैधानिक राजतन्त्र स्थापनाका लागि आफूहरुले आन्दोलन गरेको राजावादीको दावी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !