१५ बैशाख २०८१, शनिबार

आइसीसी लिग–२ : नेपालको सानदार जित, यूएईको लज्जास्पद हार


नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले सानदार जित हासिल गरेको छ भने युनाइटेड अरब इमिरेट्स (यूएई) ले लज्जास्पद हार बेहोरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा यूएईलाई हराउँदै नेपालले एकदिवसीय क्रिकेटको मान्यता जोगाएको हो । नेपालले लिग-२ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो ।

आज भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो । नेपालले युएईमाथि १७७ रनको कीर्तिमानी जित हात पार्दै आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको हो । नेपालसँगको हारसँगै युएईले सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !