१४ बैशाख २०८१, शुक्रबार

पुबुदु दासानायकेले क्रिकेट प्रशिक्षकबाट दिए राजीनामा


पुबुदु दासानायके

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । आज बुधबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

​पुबुदुले आफ्नो व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् । राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किँदा पुबुदुले पद छाड्ने घोषणा गरेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) क्यानका क्रिकेट म्यानेजर विनोद दासले पुबुदुले राजीनामा बुझाइसकेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।

उनले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए । २ वर्षका लागि नियुक्ति गरिएपनि दशानायाकेले ८ महिनामै राजीनामा बुझाएका हुन् ।

पछिल्लो समय नेपाली क्रिकेट टीमको प्रदर्शन निरन्तर खस्किँदै गएपछि क्रिकेट समर्थकहरुले पनि सामाजिक सञ्जालमार्फत् कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक दशानायाकेले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !