१४ बैशाख २०८१, शुक्रबार

फुटबलका प्रशिक्षक अल्मुताइरीविरुद्ध विद्रोह गर्दै खेलाडीले छाडे प्रशिक्षण


अब्दुल्लाह अलमुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध विद्रोह गर्दै खेलाडीले प्रशिक्षण छाडेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीवीच विवाद हुँदा बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेर बाहिरिएका हुन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीको व्यहारप्रति टिमका मिडफिल्डर रोहित चन्दले आपत्ति जनाएका थिए । मुख्य प्रशिक्षकको व्यवहारपछि रोहितले प्रशिक्षणमा नजाने निर्णय गरेपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै अन्य खेलाडी मंगलबार बेलुका त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलबाट बाहिरिएका थिए ।

प्रशिक्षण सुरु भएकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने ठोकुवा गरेका थिए । साथै उनले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि खेलाडीलाई खुलेर बोल्न नदिई हस्तक्षेप समेत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !