२३ बैशाख २०८१, आइतबार

टिम चौराह धनगढीद्वारा सिवाइसी अत्तरिया ३ विकेटले पराजित


Dhangadi

१९ चैत, कैलाली । धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको आजको पहिलो खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा सम्पन्न खेलमा टिम चौराह धनगढीले सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको हो ।

सिवाइसी अत्तरियाले दिएको १५१ रनको मध्यम लक्ष्य धनगढीले १९.२ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । धनगढीका लागि कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शनन गरे ।

लगातार विकेट गुमाइरहेको अवस्थामा सोमपालले १५ बलमा नटआउट ३८ रनको योगदान दिएका थिए । धनगढीका लागि सर्वाधिक रन भने रोहन मुस्तफाले ४० रन जोडे । सोमपाल खेलको म्यान अफ दि म्याच भए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सिवाइसी अत्तरियाले २० ओभरमा ८ विकेटको क्षतिमा १५० रन बनायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !