१४ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, महिलाहरुले महिनावारी हुँदा कति समयमा प्याड परिवर्तन गर्नुपर्छ ?


एजेन्सी, महिनावारीका बेला सरसफाईमा विशेष ध्यान दिन नसकेमा विभिन्न किशिमका संक्रमण हुने जोखिम उच्च रहन्छ । महिनावारीका बेला प्रयोग गरिने प्याड, लुगा वा न्यापकिन कस्तो प्रकारको छ र कति समयको अन्तरालमा परिर्वतन गर्ने गरिन्छ । यी सब कुरा सिधै स्वास्थ्यसँग जोडिने गर्दछ । स्वास्थ्य विशेषज्ञहरुको भनाइ अनुसार महिनावारीका बेला प्रत्येक ४ घण्टामा प्याड बदल्नुपर्दछ । यदि तपाई घरेलु कपडाको टुक्रा प्रयोग गर्नुहुन्छ भने त झन प्रत्येक २–२ घण्टामा बदल्नुपर्दछ । तर यो नियम सबैका लागि समान ढङगले लागू हुन्छ भन्ने छैन् । प्याडको प्रकृति, रगतको मात्रा हेरेर पनि प्याड परिवर्तन गर्ने समय निर्धारण हुने गर्दछ । यी कुरामा ध्यान दिउँ हुन त आफ्नो आवश्यकताका आधारमा प्याड बदल्नुपर्दछ तर धेरै लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहनु भने स्वास्थ्यका लागि लाभदायी हुदैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !