१५ बैशाख २०८१, शनिबार

असुरक्षित यौन सम्पर्कवाट हुने यी घातक रोगहरू


इंग्ल्याण्डमा सिफलिस र गोनोरियाको संक्रमण बढ्दै गएको तथ्याङले देखाएको छ । यौनजन्य रोग गोनोरिया र सिफलिसको संक्रमण गएको वर्षभन्दा अघिल्लो वर्षको तुलनामा बढेको देखिएको हो । नयाँ तथ्यांक अनुसार सन् २०१७ मा त्योभन्दा अघिल्लो वर्षको तुलनामा गोनोरियाको संक्रमण २२ तथा सिफलिसको संक्रमण २० प्रतिशतले बढेको छ । इंग्ल्याण्डमा यौनजन्य रोगको उपचार भने प्रभावकारी नै रहेको देखिएको छ । क्लामाइडियाको परीक्षण भने घटेको छ र यसप्रति स्वास्थ्य विज्ञले चिन्ता जनाएका छन् । पब्लिक हेल्थ इंग्ल्याण्डले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार यौनजन्य रोगको संक्रमण हुनेमा बढी १५ देखि २४ वर्ष उमेर समूहका रहेका छन् ।
समलिङ्गी, बाइसेक्सुअल तथा अरु पुरुषहरु बढी जोखिममा रहेका छन् । सन् २०१७ मा सिफलिसका ७ हजार भन्दा बढी र गोनोरियाका ४६ हजार भन्दा बढी संक्रमण दर्ता भएका छन् । अहिले देखिएको गोनोरियाका कारण सुपर गोनोरिया जोखिम उच्च रहेको भन्दै स्वास्थ्य विज्ञले चिन्ता व्यक्त गरेका छन् । इंग्ल्याण्डमा सन् २०१७ मा झण्डै ४ लाख २० हजारजनाले यौनजन्य रोगको उपचार गराएको प्रतिवेदनमा उल्लेख छ । कण्डमको प्रयोग गर्ने क्रम घटेकाले पनि संक्रमण फैलिएको विज्ञले बताएका छन् । -एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !