१४ बैशाख २०८१, शुक्रबार

युवतीहरु पहिलोपटक यौन सम्पर्क गर्दा किन डराउँछन् ? यस्ता छन् कारण र उपाय


sex

युवतीहरुलाई यौनसम्पर्क गर्न इच्छा, चाहना भए पनि तिनीहरु यौनसम्पर्क एकदमै डराउँछन् ।यौन सम्पर्क गर्दा तिनीहरुलाई केही गर्ने आँट वा हिम्मत नआउने, आफसे आफ आत्मबल घटेर जाने हुन्छ जसले गर्दा कसैसँग पनि यौन सम्पर्क गर्न चाहदैनन् ।

  • यौन सम्पर्कको भय

तपाईलाई थाहै होला कि विभिन्न परिस्थिति हुन्छन् जुन परिस्थितिमा व्यक्तिलाई डर लाग्छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो । यौनसम्पर्क राख्दा यौन साथी कस्तो पर्ला भन्ने डर, नचिनेको व्यक्तिसँग यौनसम्पर्क राख्दा यौन रोग लाग्ने डर वा कसैसँग यौनसम्पर्क राख्दा कसैले देख्ला कि भन्ने डर वा विवाह पूर्व यौनसम्पर्क राख्दा कसैले थाहा पाउला कि भन्ने डर लाग्छ । विशेष गरेर डर लाग्नु पर्ने कारण साधारण वा सानो भए पनि यसप्रति व्यक्तिले देखाउने प्रतिक्रिया भने असामान्य रूपमा बढी हुन्छ र व्यक्ति भयभित हुन पुग्छ । डर वा भय उत्पन्न गराउने तत्वको अनुपस्थितिमा वा अति नै थोरै भए पनि व्यक्ति आफ्नो सोचकै भरमा अति नै भयभीत हुने स्थिति भने असामान्य हो, तपाईलाई पनि यस्तै भएको देखिन्छ । छोटकरीमा भन्ने हो तपाईमा यौनेच्छा भए पनि यौनसम्पर्कको भयले सताएको छ ।

  • कारण के होला ?

यौन सम्पर्कको भय भएका व्यक्ति यौनसम्पर्कको सुरुवात गर्न खोज्दा वा यसको विचार मात्र आए पनि भयभित हुन्छन्, संत्रासबाट आक्रान्त हुने स्थिती आउँछ । तपाईका कतिपय लक्षण डर लागेर आउने होस् वा मुटु कमजोर भएकाले होस् यो स्थितीसंग सम्बन्धित भए जस्तो देखिन्छ ।पहिले कुनै यौन आघात पुग्ने किसिमको अप्रिय घटना यसको कारण भएको पाइन्छ । अर्का तिर कतिपय व्यक्ति आफ्नो शरीर वा व्यक्तित्व राम्रो नभएको मानेर असुरक्षा अनि हीनभावनाले ग्रसित हुन्छन् जसले गर्दा यस्तो स्थिति आइपर्न सक्छ ।

समाधान के होला ?

पहिलोपटक यौन सम्पर्क गर्दा भयलाई कसरी कम गर्न सकिएला भने आध्याँरोदेखि होस् वा सर्पदेखि भयभित हुने कुरा धेरैले बुझ्न सक्लान तर धेरै ले यौन सम्पर्कदेखि नै भयभित हुने कुरा बुझ्न गाह्रो हुन्छ किनभने यौनसम्पर्क राख्न सबैजसो नै लालायित हुन्छन् । यस्तो समस्याको समाधान गर्न नसकिने होइन तर यो व्यक्तिअनुसार फरक–फरक हुनसक्छ ।

यस प्रकारको भयको जडसम्म पुग्न आवश्यक छ । तपाईले यसको जडसम्म पुग्न आफैंलाई र आफ्नो विगतका घटना र त्यसले आफूलाई पारेको प्रभावका बारेमा केलाउनु पर्ने हुन्छ । त्यसका लागि तपाईले मनोचिकित्सक, मनोरोग विशेषज्ञ वा मनोपरामर्श दिने व्यक्तिको सहायता लिनुपर्ने हुन्छ । यो पक्कै हो कि यस्ता किसिमका समस्या समाधान गर्न र सामान्य स्थितिमा आउन समय लाग्न सक्छ तर तपाई आत्मविश्वासका साथ अघि बढ्नुभयो भने यस्ता समस्याको समाधान सम्भव छ ।- एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !