१२ बैशाख २०८१, बुधबार

महिलामा हुने बाझोपनबारे छोटो जानकारी र आयुर्वेदिक उपचार


महिलामा हुने बाझोपन

आजकाल अधिकांश महिलाहरूमा यो समस्या विकराल बन्दै गएको देखिन थालेको छ । विगद लामो समएको अनुभव आजको लेखमा पस्कन गइरहेको छु । महिनावारी हुने समए ३० दिन भन्दा धेरै छभने ओभ्यूलेसन नियमित नभएको जनाउदछ ।

एक अध्ययनका अनुसार मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्छ । त्यसबाहेक, ३५,४० वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो प्रिमेनोपौजको संकेत हुनसक्दछ ।

तौलको कारणले पनि बाझोपना निम्ताउन सक्छ । यस्तो अवस्था करिब करिब १२ देखि १५ प्रतिशत सम्म बाँझोपनामा तौल मुख्य कारण हुनेगर्दछ । विशेषगरी, शरीरको तौल बढी भएमा शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले ओभ्यूलेशनलाई असर पुर्‍याउँछ ।

एक अध्ययन अनुसार नियमित व्यायम गर्ने महिलाको तुलनामा व्यायाम नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना २५,३० प्रतिशतले कम हुने गर्छ । तर त्यो भन्दैमा धेरै व्यायमनै गर्नैपर्छ भन्न खोजेको हैन । धेरै व्यामले पनि शरीरमा उर्जाको कम हुनसक्छ र धेरै तनाव भएर प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ ।

नियमित गर्भनिरोधक चक्कीको सेवनले बाझोपनाको समस्या निम्तन सक्ने मानिसको आम धारणा छ । जबकी गर्भनिरोधक चक्कीको सेवनले गर्भधारणा गर्नमा कुनै समस्या हुँदैन । बरु यसको लगातारको प्रयोगले गर्भधारण गर्नमा सहयोग पुग्ने गर्छ । गर्भधारणको चाहना भएमा यो चक्की खान छोडेमा गर्भधारण हुन सक्छ ।

चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ । त्यस्तै, परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ ।

त्यसबाहेक फाइब्राइड, एंडोमेट्रियोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सक्दछन् ।

उपचार

१. सुपारी पाक १ चमच दिनमा २ पटक ३ महिना सम्म दिने।

२.रेगुमिन्स सिरप २० मिली थोरै पानीमा राखेर दिनमा २ पटक खान दिने ३ महिना सम्म ।

नोट:यस्ता समस्या देखिएमा स्त्रीरोग सम्मबन्धी अनुभवी डाक्टरको परामर्शमा उपचार गराउनुस भन्ने हाम्रो परामर्श छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !