१४ बैशाख २०८१, शुक्रबार

कोरोनाको महामारीमा यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु


सेक्स

न्युयोर्कमा कोरोना भयावहको बेलामा शारीरिक सम्पर्क राख्दा मास्क लगाउनुपर्ने भएको छ । न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए तर पछिल्लो समय गाइडलाइन अपडेट गर्दै टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् ।

शारीरिक सम्पर्क को अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको हो । ‘अनुहार छोप्ने मास्क लगाउनू, शारीरिक सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,’ गाइडलाइनमा भनिएको छ । शारीरिक सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !