२४ बैशाख २०८१, सोमबार

यौन आनन्द प्राप्त गर्ने पाँच चरणहरु


यौन आनन्द

यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलाप मात्र हुन जान्छ । अतृप्त यौन आनन्दका लागि पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ । एकजनाले मात्र सन्तुष्ट हुनुलाई सम्भोग भनिँदैन ।

चाहना
यौन आनन्दको पहिलो चरण हो, चाहना । सबैभन्दा पहिला यौन सम्पर्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने जबर्जस्ती गरिने यौनसम्पर्कले सन्तुष्टिभन्दा असन्तुष्टि नै पैदा गर्दछ । यौनमा कल्पना, दृश्य, आवाज, वासना, कुराकानी, स्पर्श, अश्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौन चाहना आदि पर्दछन् ।

उत्तेजना
यौन आनन्दको अर्को चरण हो उत्तेजना । महिलाको तुलनामा स्वभावैले पुरुष यौन आकर्षणमा उत्तेजित हुन्छन् । यो अवस्थामा आइपुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू थोरै कस्सिएको, सामान्य यौनरस स्खलन तथा यौनांगहरूको आकार बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

धारणा
यौन सम्पर्कमा पुगिसकेको अवस्थालाई धारणा भनिन्छ । यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वासप्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको महसुस हुन्छ । योनी र लिंगबीचको अत्यधिक घर्षणले विस्तारै यौनरस निस्कन्छ ।

चरम आनन्द
यौन सम्पर्क गर्दा बीर्य स्खलन हुने अवस्थालाई चरम आनन्द अर्थात् चरमोत्कर्ष भनिन्छ । यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौनमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । डा.खेम कार्की, हेल्थ टुडे नेपाल डटकमबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !