२३ बैशाख २०८१, आइतबार

थारू र मगर समुदायले मनाउने माघी महोत्सव स्थगित


काठमाडौं । कोरोना भाइरस संक्रमण बढेसँगै माघ १ गते मनाउने माघी महोत्सव स्थगित भएको छ । थारू र मगर समुदायले टुँडिखेलमा मनाउने माघी महोत्सव स्थगित स्थगित भएको हो।

काठमाडौं उपत्यकामा २५ जना भन्दा बढी भेला हुन नपाइने स्मार्ट लकडाउन गरिएपछि माघी महोत्सव स्थगित गरिएको हो ।

थारू माघी महोत्सवका सांस्कृतिक संयोजक नन्दुराज चौधरीका अनुसार टुँडिखेलको विकल्पको रूपमा अनमानगरस्थित तमु बौद्ध सेवा समितिमा कार्यक्रम गरिँदैछ ।

नेपाल मगर संघले यस वर्ष कुनै मेला महोत्सव नगरी मगर समुदायलाई घर घरमै माघी मनाउन नेपाल मगर संघले उर्दी जारी गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !