१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीले लगाए दशैंको टीका


राष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीले लगाए दशैंको टीका फाइल फोटो

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दशैंको टीका लगाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर बडादशैंको टीका ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले टीकासँगै जमराको माला लगाइदिएकी छन् । उक्त अवसरमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले समेत राष्ट्रपतिको हातबाट टीका लगाएर जमराको माला ग्रहण गरेकी छन् ।

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली गृह जिल्ला झापामा भएकाले यसपटक ओलीले बालुवाटारमा बुबाको हातवाट टीका लगाएनन् । राष्ट्रपति भण्डारीले विजया दशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजया दशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभयो ।

यस्ता छन् हेर्नुहोस् तस्वीरहरु

राष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीले लगाए दशैंको टीकाराष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीले लगाए दशैंको टीकाराष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीले लगाए दशैंको टीकाराष्ट्रपतिको हातबाट प्रधानमन्त्री ओलीले लगाए दशैंको टीका

यो पनि पढ्नुहोस्
राष्ट्रपति भण्डारीद्वारा बडादशैंको टीका ग्रहण
प्रधानमन्त्री ओलीले लगाइदिए श्रीमती राधिका शाक्यलाई बडादशैंकाे टीका
जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर बडादशैं मनाऔँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !