१३ बैशाख २०८१, बिहिबार

किन लगाएनन् प्रधानमन्त्री ओलीले बुबाको हातवाट यसपालिको दशैंमा टीका ?


प्रधानमन्त्री ओलीले यसपालिको दशैंमा टीका

काठमाडौं, कार्तिक १०। प्रधानमन्त्री केपी शर्मा ओलीले किन यसपालिको दशैंमा बुबाको हातवाट टीका लगाएनन् ? भन्ने चासो चौतर्फी बढेको छ । प्रधानमन्त्री ओलीका बृद्ध बुवा मोहनप्रसाद ओली झापास्थित घरमा रहेकाले ओलीले यो वर्षको दशैँको टीका नलगाएका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुवा झापामै रहेपछि प्रधानमन्त्रीले आफ्नी पत्नी राधिका शाक्यलाई बालुवाटारमा दशैँको टीका लगाइदिएका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण उहाँले मास्क लगाएर श्रीमति शाक्यलाई टिका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् ।

‘यसपाली बडादशैँलाई कोभिड-१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ’, थापाले भने, ‘उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दशैं टीका कार्यक्रम नराख्न समेत निर्देशन दिनुभएको अवगत नै छ।’

केहि समयअघि प्रधानमन्त्री ओलीका सल्लाहकरहरु, सचिवालयका सदस्यहरु र बालुवाटारमा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु सहित ६ दर्जन भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री ओली स्वयम् मृगौला रोगी रहेका छन् ।

प्रधानमन्त्रीको निर्देशन अुनसार अन्य मन्त्रीहरुले पनि दशैँको सार्वजनिक टीका कार्यक्रम राखेनन् । राष्ट्रपति, पूर्वराजादेखि उच्च पदस्थले पनि पारिवारिक टीका कार्यक्रम गरेका छन् ।

प्रधानमन्त्रीले सर्वसाधारणलाई पनि जहाँ बसेको छ, त्यहीँ दशैँ मनाउन अपिल गरेका छन् । नेपाल सरकारले पनि मानिसहरुको आवतजावत बढ्दा कोरोना फैलिने भन्दै यसपालिको दशैमा जो जहाँ छौ त्यहि बसेर दशैं मनाउन आग्रह गरेको थियो ।

यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीले लगाइदिए श्रीमती राधिका शाक्यलाई बडादशैंकाे टीका
जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर बडादशैं मनाऔँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !