राष्ट्रपति भण्डारीबाट विजयादशमी टीका ग्रहण Nepalpatra राष्ट्रपति भण्डारीबाट विजयादशमी टीका ग्रहण
४ कार्तिक २०७८, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा बडादशैंको टीका ग्रहण


राष्ट्रपति भण्डारीद्वारा बडादशैंको टीका ग्रहण फाइल फोटो

काठमाडौँ, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !