१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने


प्रधानमन्त्रीले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । आज शुक्रवार बेलुकी प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै दशैंको दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताएका हुन् ।

दशैंको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन भएपनि यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो । कोरोना महामारीका बेलामा आफू जोगिने र अरुलाई जोगाउन महत्त्वपूर्ण रहेको भन्दै उनले जो जहाँ छौं त्यहीँ दशैं मनाउन पनि आग्रह गरे ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !