७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले लगाइदिए श्रीमती राधिका शाक्यलाई बडादशैंकाे टीका


प्रधानमन्त्री ओलीले लगाइदिए श्रीमती राधिका शाक्यलाई बडादशैंकाे टीका

काठमाडौँ, कार्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला श्रीमती राधिका शाक्यलाई आज बडादशैंकाे टीका लगाइदिनु भएको छ । यसपाली बडादशैंलाई काेभिड-१९ का कारण पारिवारिक रूपमा मात्रै मनाउन प्रधानमन्त्रीले देशवासीका नाममा संबाेधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ ।

प्रधानमन्त्रीनिवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनु भएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दसैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण उहाँले मास्क लगाएर श्रीमति शाक्यलाई टिका दिनुभएको छ । उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दशैं टीका कार्यक्रम नराख्न समेत निर्देशन दिनुभएको अवगत नै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !