१५ बैशाख २०८१, शनिबार

समानुपातिकबाट सांसद बनेका र चुनाव हारेकालाई उम्मेदवार नबनाउने कांग्रेसको निर्णय


असोज २१, काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकाहरुलाई अब टिकट नदिने मापदन्ड बनाएको छ । यस्तै, यसअघि विविध कारणले निर्वाचन हारेकाहरुलाई पनि फेरि टिकट नदिने र बृहत् लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेलले मूल राजनीतिक प्रणालीमै प्रहार हुनसक्ने आशंका व्यक्त गरेको बताइएको छ । साम्यवाद ल्याउने उद्देश्यले ठूला वामपन्थी दलहरु मिलेको आरोप लगाउँदै त्यसविरुद्ध लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने आवाज बैठकमा उठेको कांग्रेस नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।

यसअघि, शुक्रबारै दिउँसो बसेको बैठकबाट कांग्रेसले लोकतन्त्रको रक्षा गर्न र राष्ट्रिय एकता कमजोर हुन नदिनका लागि लोकतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउनुपर्ने निर्णय गरेको थियो । बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २५ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्ने निर्णयसमेत भएको बताइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !