२८ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिले जारी गरिन् मन्त्रिपरिषदले पठाएका दुई अध्यादेशहरु


राष्ट्रपति विद्यादेवी भण्डारी

८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेका दुई वटा अध्यादेशहरु जारी गरेकी छन् । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो । मन्त्रिपरिषदले उक्त अध्यादेश पारित गरेको केही घन्टा नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् । राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ ।

राष्ट्रपतिले जारी गरिन् अध्यादेशहरु

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालयको आकस्मिक बैठक

नेकपाभित्र भुइचालो : प्रधानमन्त्री ओलीले ल्याए आवश्यक परे पार्टी फुटाउन नयाँ अध्यादेश

प्रचण्डको निर्देशन : पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरु काठमाडौं बाहिर नजानु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !