७ जेष्ठ २०८१, सोमबार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ


कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ लिएका छन् । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कार्की आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कार्कीसँगै अन्य दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा (एमाले) बाट राम राना र नेकपा (माओवादी केन्द्र) बाट गणेश उप्रेती मन्त्री बनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !