७ जेष्ठ २०८१, सोमबार

मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित


मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएका छन् । उपप्रधानमन्त्री यादव अमेरिका भ्रमणबाट फर्किएपछि बसेको पहिलो मन्त्रिपरिषद्को जारी बैठकमा उनी अनुपस्थित भएका हुन् ।

विदेशमै रहेको समयमा यादव नेतृत्वको जसपा विभाजन भएर दुई चिरा भएकोमा सत्तारुढ मूख्य दलहरु एमाले र माओवादी केन्द्रको हात रहेको आरोप लाग्दै आएकोमा आज यादव मन्त्रिपरिषद्को बैठकमा अनुपस्थिति हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

गत आइतबार अशोक राईको नेतृत्वमा जसपा विभाजित बनेपछि निर्वाचन आयोगले सोमबार आधिकारिकता दिएको थियो । यादव बैठक छाडेर पार्टी कार्यालयमै नेता तथा कार्यकर्तासँग भेटघाटमा रहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड यादवलाई नैतिक रुपमा प्रेसर सिर्जना गरेर राजिनामा दिन बाध्य बनाएर अशोक राई नेतृत्वको नवगठित जसपालाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् विस्तार गरेर २५ सदस्यीय बनाउने तयारीमा जुटेको बुझिएको छ ।

यादवलाई प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी, राप्रपा, यादव नेतृत्वको तत्कालिन पार्टी र अन्य साना दलहरु मिलेर सरकार ढाल्न दोहोरो भूमिका खेलेपछि एमाले र माओवादी केन्द्रको अगुवाईमा उनको पार्टी विभाजन भएको चर्चा चल्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !