४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए नेकपा सचिवालयको आकस्मिक बैठक


नेकपा सचिवालय

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । अहिले साढे ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

उक्त निर्णय बाहिरिएपछि पूर्वमाओवादी समूहका मन्त्रीहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका थिए । मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भई सचिवालय बैठक बोलाइएको हो ।

यो पनि पढ्नुहोस्

नेकपाभित्र भुइचालो : प्रधानमन्त्री ओलीले ल्याए आवश्यक परे पार्टी फुटाउन नयाँ अध्यादेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !