१५ बैशाख २०८१, शनिबार

नेविसंघको मत परिणाम घोषणा, कुन उम्मेद्वारले हारे, कुन उम्मेद्वारले जिते ? ( पूर्ण मतपरिणामसहित)


nsu election result

काठमाडौँ २ भदौ – नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम घोषणा गरिएको छ ।

नेविसङ्घको ११औँ महाधिवेशनको उद्घाटन गत साउन २३ गते भए पनि मतदान भने भदौ १ गतेदेखि झन्डै २० घन्टा निरन्तर भएको थियो । बिहिबार सार्वजनिक भएको मत परिणामानुसार अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । महरले एक हजार ४४७ र उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार ३२८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै महामन्त्री (दुई पद) मा कुन्दनराज काफ्ले र सरोजकुमार थापा विजयी भएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए । कोषाध्यक्षमा शिव रिमाल विजयी भएका छन् ।

उपाध्यक्षमा प्रदेश नं १ बाट विकास केसी, प्रदेश नं २ बाट सञ्जय यादव, प्रदेश नं ३ बाट रामप्रसाद अधिकारी, प्रदेश नं ४ बाट डिल्लीराम सुवेदी, प्रदेश नं ५ बाट प्रकाश राना, प्रदेश नं ६ बाट खड्ग डाँगी र प्रदेश नं ७ बाट पुष्पकुमार शाही विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुले जानकारी दिए ।
समावेशी उपाध्यक्षमध्ये क्रमशः महिलामा उर्मिला थपलिया, मधेसीमा पवन यादव, जनजाति आदिवासीमा नवीन राई र दलितमा सागर परियार विजयी भएका छन् ।

सहमहामन्त्रीमा प्रदेश नं १ मा कृष्ण कार्की, प्रदेश नं २ मा राजेशकुमार रौनियार, प्रदेश नं ३ मा माधवप्रसाद ढकाल, प्रदेश नं ४ मा हरिहर शर्मा, प्रदेश नं ५ मा प्रकाश घिमिरे, प्रदेश नं ६ मा ईश्वरबहादुर विष्ट र प्रदेश नं ७ मा अच्युतराज कलौनी विजयी भएका छन् ।

समावेशी सहमहामन्त्री छात्राबाट साधना घिमिरे, मधेसीबाट परमेश्वर साह, आदिवासी जनजातिबाट दीपेश राई र दलितबाट ललिता सुनार विजयी भएका छन् । सङ्घमा १२९ पदका लागि निर्वाचन भएको हो । बाँकी २२ जना मनोनयन हुने प्रावधान छ

हेर्नुहोस् पूर्ण मतपरिणाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !