२५ बैशाख २०८१, मंगलबार

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने


विष्णुदेवी पुडासैनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार बनाउने भएको छ । आज बसेको काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

संसदीय दलको बैठकअघि कार्यसमितिको बैठक बसेको थियो । विष्णुमाया गत माघ महिनामा भएको राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा महिला क्लष्टरबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी थिइन् ।

२०३३ सालमा पद्मकन्या क्याम्पसमा नेविसंघमा आबद्ध गाउँ फर्क अभियानको क्रममा पार्टीबाट काठमाडौंको तत्कालीन भद्रबास गाविस—९ मा वडाध्यक्ष बनेकी थिइन् । त्यसपछि उनी २०४९ सालमा काठमाडौंको तत्कालीन भद्रबास गाविसको अध्यक्षमा पनि निर्वाचित भएकी थिइन् ।

पुडासैनीले करिब पाँच दशक सक्रिय राजनीतिमा बिताएकी छन् । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !