२५ बैशाख २०८१, मंगलबार

साम्प्रदायिक विद्वेष फैलाउने किराती संस्कृतिमन्त्रीको पदमा बस्न मिल्दैन : रवि लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’ भनेर प्रश्न गरेका छन् ।

आज बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत सभापति लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

उनले मन्त्री किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार र पदीय गरिमाविपरीतको को र अत्यन्तै खेदजनक भएको टिप्पणी गरेका छन् ।

लामिछानेले एक्समा लेखेका छन्, ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ।यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

यो पनि पढ्नुहोस्

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न अध्यक्ष थापाको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !