२४ बैशाख २०८१, सोमबार

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न अध्यक्ष थापाको माग


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

आज बिहीबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

मन्त्री किरातीले ‘क्रिस्चियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएसंगै उनको सामाजिक संजालमा चौतर्फी आलोचना सुरु भएको छ । मन्त्री किरातीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको थापाको भनाइ छ ।

थापाले मन्त्री किरातीलाई तत्काल पदबाट बर्खास्त गर्नुपर्नेमा जोड दिंदै पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाएको भन्दै उनलाई कानुनबमोजिम कारबाही गर्न पनि थापाले माग गरेका छन् ।

थापाले एक्समा लेखेका छन्, “क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्” भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ। प्रम @cmprachanda @PM_nepal_को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन वमोजिम कार्वाही गरियोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !