२५ बैशाख २०८१, मंगलबार

माओवादी केन्द्रको विशेष महाधिवेशन फागुन–चैतमा गर्ने प्रस्ताव


माओवादी केन्द्रको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन–चैतमा विशेष महाधिवेशन गर्ने तयारी गरिएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा विशेष महाधिवेशन आउँदो फागुन–चैत महिनामा गर्नेबारे प्रस्ताव लैजाने निर्णय गरिएको एक नेताले बताए ।

माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दै सो निर्णय गरेको हो ।

यस्तै पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पनि तय गरेको छ । जसअनुसार देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम पनि तय गरिएको छ ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा गर्ने प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !