६ जेष्ठ २०८१, आइतबार

रास्वपाको निष्कर्ष : सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक छैन


राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको छ ।

आज मंगलबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको हो ।

रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो । आजै मध्याह्न सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठन गर्नका लागि समर्थन गर्न नसक्ने निर्णय पार्टीले गरेको कुरा राख्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो । यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !