२१ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रको विधान सम्मेलन मंसिरमा गर्ने प्रस्ताव


माओवादी केन्द्रको पदाधिकारी बैठक फाइल फोटो

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को विधान सम्मेलन आगामी मंसिर महिनामा गर्ने तयारी गरिएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा विधान सम्मेलन आउँदो मंसिर महिनामा गर्नेबारे प्रस्ताव लैजाने निर्णय गरिएको एक नेताले बताए ।

विशेष महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । केन्द्रीय कमिटी भद्दा भएकाले विधानानुसार लैजान विधान सम्मेलन गर्ने तयारी गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !