२३ बैशाख २०८१, आइतबार

टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै


टोपबहादुर रायमाझी फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी आज अदालतमा उपस्थित गराइँदै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो परेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई आज अदालतमा उपस्थित गराइने भएको हो ।

प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट हिजो साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेका थिए । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस्

अन्तत: टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

एमालेले टोपबहादुर रायमाझी गर्यो निलम्बन

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निर्णय

पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !