३० असार २०८१, आइतबार

एमालेले टोपबहादुर रायमाझी गर्यो निलम्बन


टोपबहादुर रायमाझी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।

उक्त प्रकरणमा सचिव रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै महासचिव पोखरेलले भनेको छन्, “हामी विधिको शासनमा विश्वास गर्दछौँ ।”

पक्राउ पुर्जी जारी हुनासाथ राज्यका अनुसन्धान निकायमा उपस्थिति भएर विधिवतरुपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएका पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उनी सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिँदै अविलम्बन सम्बन्धित निकायमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !