२३ बैशाख २०८१, आइतबार

अन्तत: टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ


टोपबहादुर रायमाझी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी अन्तत: पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीलाई प्रहरीले काठमाडौबाटै पक्राउ गरिएको बताएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा आरोपित सांसद रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

गत वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।

उक्त प्रकरणमा भइरहेकाे अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई एमालेले बैशाख २७ गते बुधबार पदबाट निलम्बन गरेको थियो ।

उक्त प्रकरणमा यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका थिए ।

सो प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र पूर्वसभासद आङ्टावा शेर्पा भने अझै फरार रहेका छन् ।

यो पनि पढ्नुहोस्

एमालेले टोपबहादुर रायमाझी गर्यो निलम्बन

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निर्णय

पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !