२२ बैशाख २०८१, शनिबार

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ


बालकृष्ण खाण फाइल फोटो

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण आज बुधबार बिहान पक्राउ परेका हुन् ।

खाँणलाई काठमाडौंको निजी निवास चावहिलको मैजुबहालबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । खाडसँगै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि प्रहरी नियन्त्रणमा छन् ।

पूर्वगृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भन्नेबारे आजै निर्णय लिने प्रहरीले बताएको छ । खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् ।

खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या ११ पुगेको छ । पक्राउ पुर्जी जारी भएका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवं सांसद टोपबहादुर रायमाझी भने फरार रहेका छन् ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना काठमाडौंबाट पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !