२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका सुरेन्द्र पाण्डेद्वारा दाबी पेस


सुरेन्द्र पाण्डे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आज दाबी पेस गरेका छन् । गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता पाण्डेले बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट ३५ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

पाण्डेलाई नेपाली कांग्रेस २७, माओवादी ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङ १ जना संसदको समर्थन रहेको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार गठन गर्न ३ दिनको समयसीमा दिएर आज वैशाख १४ गते बिहीबार ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

यसअघि बनेको र विश्वासको मत प्राप्त नगरेको एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार पनि यही उपधारा अनुसार गठन भएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन बहुमतको ३१ जना आवश्यक पर्दछ । प्रदेशसभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !