२० बैशाख २०८१, बिहिबार

राप्रपाबाट सरकारमा रहेका सवै मन्त्रीहरुले दिए राजीनामा


मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सवै मन्त्रीहरुले राजीनामा दिएका छन् । राप्रपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज शनिबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

राप्रपाबाट सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएका हुन् ।

राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

आजै बिहान बसेको राप्रपाको पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेसंगै मन्त्रीहरुलाई राजीनामा बुझाएका हुन् ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा नरहने भन्नेबारे निर्णय गरेको हो । साथै राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको हो ।

हिजो शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

राप्रपाले भन्यो – मुलुक पुन: सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलियो

राप्रपा सरकारबाट बाहिरियो, मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !