८ बैशाख २०८१, शनिबार

राप्रपा सरकारबाट बाहिरियो, मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय


राप्रपाको पार्टी कार्यसम्पादन समिति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । राप्रपाको पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेसंगै मन्त्रीहरुलाई पनि फिर्ता बोलाउने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा नरहने भन्नेबारे निर्णय गरेको हो । साथै राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको छ ।

यस्तो छ राप्रपाले निकालेको प्रेस विज्ञप्ति

राप्रपाले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !