८ बैशाख २०८१, शनिबार

राप्रपाले भन्यो – मुलुक पुन: सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलियो


राप्रपाको पार्टी कार्यसम्पादन समिति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजनीतिक समीकरणमा आएको फेरबदलले मुलुक पुन: सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको बताएको छ । राप्रपाले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टी सरकारबाट फिर्ता हुने निर्णय गरेको छ ।

आज शनिबार बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहन अनुपयुक्त हुने ठहर गर्दै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको छ । राप्रपाले संघ सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको छ ।

शुक्रबार भएको बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा भएको छलफलमा पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने सुझाव आएको थियो ।

कुनै पनि उम्मेदवारको पक्षमा समर्थक वा प्रस्तावक नबस्नेसमेत निर्णय गरेको थियो । निर्वाचन आयोगले आज राष्ट्रपति पदको उम्मेदवारको मनोनयन दर्ता गर्न र २५ गते मतदानको समय तोकेको छ ।

यस्तो छ राप्रपाले निकालेको प्रेस विज्ञप्ति

राप्रपाले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !