२६ बैशाख २०८१, बुधबार

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले सरकारलाई सर्तसहित समर्थन गर्दै विश्वासको मत दिने निर्णय गरेको हो । तर सरकारले आफ्नो सर्त पूरा नगरेमा समर्थन फिर्ता लिन सक्ने पनि उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । केही दिन अगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । पार्टीको संघीय प्रतिनिधिसभामा १० सदस्य छन् ।

यो पनि पढ्नुहोस्

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै

प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिंदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !