२५ बैशाख २०८१, मंगलबार

आज धनगढी र सुर्खेतमा गठबन्धनको संयुक्त भेला हुँदै, शीर्ष नेताले सम्बोधन गर्ने


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा आज सत्ता गठबन्धनको संयुक्त भेला हुँदै छ । उक्त संयुक्त भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा संयुक्त भेला गर्न लागेको हो

धनगढीमा आज बिहान ११ बजे भेला आयोजना हुने भेलाको नेकपा (माओवादी केन्द्र) ले समन्वय गर्ने भएको छ भने सुर्खेतमा आज दिउँसो भेलाको नेपाली कांग्रेसले समन्वय गर्न लागेको हो ।

दुवै भेलालाई प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता भेलालाई सम्बोधन गर्ने भएका छन् ।

यसअघि गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ । यस्तै भोलि सोमबार काठमाडौंमा संयुक्त भेला गर्ने कार्यक्रम तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !