१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र नयाँ अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता


शेरबहादुर देउवा र डिन थम्पसन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवासँग भेट गर्ने पाउँदा खुसी लागेको बताएका छन् । उनले प्रधानमन्त्री देउवासंग आज नेपाल-अमेरिका बीच साझेदारी स्थापना भएको ७५ वर्षको भइसकेको परिपेक्षमा अझ बलियो सम्वन्ध कसरी बनाउन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको पनि जनाएका छन् ।

राजदूत थम्पसनले आज मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच नयाँ अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

थम्पसनले नेपालका लागि अमेरिकी राजदूतको रूपमा आफ्नो कार्यकालको औपचारिक सुरुवात आजदेखि गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी पनि दिएको छ । अमेरिकी राजदूत थम्पसन असोज २७ गते बिहीबार काठमाडौँ आइपुगेका थिए । यसअघिका राजदूत र्‍याण्डी बेरीको चार वर्षे कार्यकाल सकिएसँगै अमेरिकी सरकारले थम्पसनलाई नेपालको राजदूतको जिम्मेवारी प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकी राजदूत थम्प्सनद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !