१४ बैशाख २०८१, शुक्रबार

केपीसँग रवीन्द्रको भेट : ओलीले मिश्रलाई दिए चुच्चे नक्साअंकित सिक्का उपहार


केपी शर्मा ओली र रवीन्द्र मिश्र

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले भेट गरेका छन् । हिजो आइतबार साँझ ओली निवास बालकोट पुगेर मिश्रले ओलीलाई भेटेका हुन् ।

नेता मिश्रले सामाजिक संजाल फेसबुकमार्फत ओलीसंग अढाइ घण्टा छलफल गरेको जानकारी दिएका छन् । भेटमा आसन्‍न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, ओलीको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भएको मिश्रले जानकारी दिएका छन् ।

मिश्रले फेसबुकमा लेखेका छन्, ‘आसन्‍न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।’

भेटघाटको अवसरमा लिले मिश्रलाई चुच्चे नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्‍न लगाएका एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लिएर उपहार दिएको मिश्रले उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !