२५ बैशाख २०८१, मंगलबार

हर्क साम्पाङले आज प्रचण्डलाई धरानमा बिरुवा रोप्न लगाउँदै


हर्क साम्पाङ बिरुवा रोप्दै

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिरुवा रोप्न लगाउने भएका छन् । जेवि टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रचण्ड हर्ककाे अभियानमा सहभागी हुने भएका हुन् ।

प्रचण्डले साम्पाङसँगै सर्दु जलाधार क्षेत्रमा दिउँसो १ बजे वृक्षरोपण कार्यक्रममा सहभागी हुने भएका हुन् । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

केही समयअघि काठमाडौं आएका समयमा उनले खुमलटार पुगेर प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए । हर्कको निम्तो स्वीकार गर्दै प्रचण्डले आज वृक्षरोपण गर्न लागेका हुन् ।

साम्पाङ श्रमदानका कारण देशभर चर्चित रहेका छन् । श्रमदानमार्फत स्थानीय तहको विकास निर्माणमा जुटेका उनको अभियानमा साथ दिनेको संख्या दैनिक बढ्ने क्रममा रहेको छ । सामाजिक संजालमा कसै-कसैले त साम्पाङलाई श्रमदान गरेर राष्ट्रको ढुकुटी बचाउने कान गरेको भन्दै चीनका राष्ट्रपति सी जिनपिङसंग समेत तुलना गर्ने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !