२३ बैशाख २०८१, आइतबार

पक्राउ पुर्जी जारी भएका नेकपाका प्रवक्ता प्रकाण्ड चीन प्रस्थान


प्रकाण्ड

काठमाडौँ । पक्राउ पुर्जी जारी भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन प्रस्थान गरेका छन् ।

एयर चाइनाको सीए४३८ उडानबाट उनी आइतबार १२:४५ बजे चीनको छेन्दु प्रस्थान गरेका हुन् । स्रोतका अनुसार प्रकाण्ड चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएको बताइएको छ ।

केही दिनअघि मात्र ललितपुर जिल्ला अदालतबाट उनीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको थियो । हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी भएको हो ।

गत साउन १६ गते पक्राउ पुर्जी जारी भए पनि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन गएका हुन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुन नदिन सडक आन्दोलनमा उत्रिएका प्रकाण्डले चीन भ्रमण गर्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !