१५ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ सर्वसम्मतीले पारित गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकलाई पारित गरिनु पूर्ब बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित विधेयक उपर छलफल भई छलफलमा उठेका प्रश्नहरुको गृहमन्त्री खाणले जवाफ समेत दिएका थिए ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेका थिए । प्रतिनिधि सभाको आजको पहिलो बैठक आजै १५ मिनेट पछि बस्ने गरि स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !