४ जेष्ठ २०८१, शुक्रबार

प्रेम आलेले माधव नेपाललाई बुझाए राजीनामा दिने प्रतिबद्धता पत्र


माधव नेपाल र प्रेम आले

काठमाडौँ । दवंग मन्त्रीका नामले सुपरिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिने प्रतिबद्धता पत्र बुझाएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री पदबाट राजीनामा दिने प्रतिबद्धता पत्र बुझाएका हुन ।

ओलेले मन्त्री पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष नेपाललाई बुझाएका हुन् । पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा दिने प्रतिबद्धता पत्र बुझाएका हुन् ।

मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा (एस) को केन्द्रीय समितिले अनुमोदन गरेसँगै उनले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।

आलेले गत शुक्रबारको पोलिटब्युरो बैठकमा पनि आफूले ४८ घण्टाभित्र राजीनामा दिने गरेको घोषणाअनुरुप नै अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएर आफ्नो वचनलाई पालना गरेका छन् ।

मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी पनि गरेका छन् । आलेले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाइसकेकोले प्रधानमन्त्री देउवासँग सल्लाह गरेर अगाडि बढाइने भएको छ ।

अखिल नेपाल महिला संघ (समाजवादी) ले राजधानीमा आज आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीको राजीनामा आफूले गोजीमा नै बोकेर हिडेकोले आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने संकेत गरेका थिए ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीको तर्फबाट मन्त्री रहेकाहरुले सुझाव दिएका नयाँ मन्त्रीहरु नाम सिफारिस नगर्ने संकेत गर्दै अध्यक्ष नेपालले पार्टीले यसअघि नै निर्णय गरेर पठाएको नाम फेरवदल नहुनेतर्फ संकेत गर्दै मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको समेत बताएका थिए ।

नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा रहेको बताएका हुन् । अरू मन्त्रीहरूको पनि राजीनामा आउने अपेक्षा गरे । अध्यक्ष नेपालले कतिपय व्यक्तिहरूको आफू पदमा बसेपछि हट्नै नचाहने प्रवृृत्ति भएको बताए ।

मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एसभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । गत जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेपनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

यो पनि पढ्नुहोस्

केही मन्त्रीको राजीनामा मेरो गोजीमा छ, आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्छ : अध्यक्ष नेपाल

माधव नेपालको ठोकुवा : एमालेको पतन निश्चित छ

आगामी निर्वाचनसम्म गठबन्धनको आवश्यकता छ : अध्यक्ष नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !