२५ बैशाख २०८१, मंगलबार

केही मन्त्रीको राजीनामा मेरो गोजीमा छ, आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्छ : अध्यक्ष नेपाल


माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केही मन्त्रीहरुको राजीनामा आफूले गोजीमा नै बोकेर हिडेकोले आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने संकेत गरेका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी) ले राजधानीमा आज आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको आजै सपथ हुन सक्ने स्पष्ट पारेका हुन् ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीको तर्फबाट मन्त्री रहेकाहरुले सुझाव दिएका नयाँ मन्त्रीहरु नाम सिफारिस नगर्ने संकेत गर्दै अध्यक्ष नेपालले पार्टीले यसअघि नै निर्णय गरेर पठाएको नाम फेरवदल नहुनेतर्फ संकेत गर्दै मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको समेत बताए ।

नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा रहेको बताएका हुन् । तर उनले कुन -कुन मन्त्रीहरुले राजीनामा दिएको बारेमा भने केही बताउन चाहेनन् ।

अरू मन्त्रीहरूको पनि राजीनामा आउने अपेक्षा गरे । अध्यक्ष नेपालले कतिपय व्यक्तिहरूको आफू पदमा बसेपछि हट्नै नचाहने प्रवृृत्ति भएको बताए । मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एसभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

यो पनि पढ्नुहोस्

माधव नेपालको ठोकुवा : एमालेको पतन निश्चित छ

आगामी निर्वाचनसम्म गठबन्धनको आवश्यकता छ : अध्यक्ष नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !