२६ बैशाख २०८१, बुधबार

नेपाली जनताले अहिले खोजेको परिवर्तनको संकेत बुझ्न आवश्यक छ : सभामुख सापकोटा


अग्निप्रसाद सापकोटा

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनताले अहिले खोजेको परिवर्तनको संकेत राजनीतिक दलका नेताहरुले बुझ्न आवश्यक रहेको बताएका छन् ।

संघीय मामिला पत्रकार समाजले तयार गरेको ‘संसदीय समिति अभ्यास पहिलो संसददेखि संघीय संसदसम्म’ पुस्तकको आज आइतबार विमोचन गर्दै सभामुख सापकोटाले समय-समयमा जनताहरुले परिवर्तन खोज्ने संकेत गर्ने भएकोले सोलाई राजनीतिक दलहरुले बुझेर अघि बढ्न आवश्यक रहेको प्रष्ट पारे ।

उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए । उनले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको समेत बताएका छन् । उनले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताएका हुन् ।

संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्ने उनले उल्लेख गरे । जनताका कुरालाई आत्मसाथ गर्न सकिए सफलता त्यही हुने बताउँदै उनले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक अरु स्वार्थ नभएको उल्लेख गरे ।

नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए । नागरिकता विधेयक पास नहुँदा धेरै नागरिकता पाउन नसकेका धेरै युवाहरूले आफुलाई भेटेर पीडा पोखेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !